काठमाडौं । थाइल्याण्डसँगको मैत्रीपूर्ण म्याचका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेको हो ।
नेपालले थाइल्याण्डसँग दुई खेल खेल्ने कार्यक्रम छ । जसमा पहिलो खेल ३० मईका दिन अभ्यास खेलका रुपमा खेल्नेछ भने जुन २ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप छनौट प्रतियोगिताको तयारी खेलका रुपमा खेल्नेछ । छनौट प्रतियोगिता अनतर्गत समूह एफमा रहेको नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ फाइनल स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः अमृता जैशी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर्सः अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु