News
भगवती युथ सेमिफाइनलमा प्रवेश

तानसेन । भगवती युथ क्लब यहाँ जारी तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा भगवतीले ज्योतिपुञ्ज युवा क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । भगवतीको जितमा नर बहादुर थापा र मिलन आलेले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि भगवतीका नर बहादुर थापा चुनिए ।
प्रतियोगिता अन्तर्गत जेठ १३ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल मनोभाव फुटबल क्लब र योङ ब्वाईज फुटबल क्लबबीच हुने प्रचार प्रसार संयोजक अमृत केसीले जानकारी दिए ।
न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।
Post Comments