News
रेफ्री मल्लिकमाथिको प्रतिवन्ध फुकुवा (पत्रसहित)
धनकुटा । पूर्वेली फुटबलमा सक्रिय रहेका फुटबल रेफ्री महेश मल्लिकमाथि लगाइएको प्रतिवन्ध फुकुवा गरिएको धनकुटा जिल्ला रेफ्री संघले जनाएको छ ।
धनकुटा जिल्ला रेफ्री संघका अनुसार संघको नियम विपरित विभिन्न गतिविधीहरु गर्दै आएकोले मल्लिकलाई गत वर्षको साउन १२ गतेदेखि लागु हुने गरी १० महिनाको प्रतिवन्ध लगाइएको थियो । र, उक्त प्रतिवन्ध यही जेठ १२ गतेदेखि फुकुवा भएको संघले पत्राचार गरी जानकारी गराएको छ ।
यद्यपि प्रतिवन्ध फुकुवा भए तापनि रेफ्री महेश मल्लिक भने वैदेशिक रोजगारीका लागि हाल युएई पुगेका छन् । साथै उनले युएईमा हुने फुटबल गतिविधीहरु पनि फुटबल रेफ्रीको भूमिका निर्वाह गरिरहेका छन् ।
प्रतिवन्ध फुकुवाबारे हेर्नुहोस पत्रः

Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा