News सडन डेथमा बेलबारीसँग धरान निराश
गोपाल काफ्ले

पथरी । सडन डेथको जितसँगै बेलबारी एफसी जारी पाँचौं अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप २०७७ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार प्रिक्वाटरफाइनलतर्फ एफएफसी धरानलाई सडन डेथमा हराउँदै बेलबारीले क्वाटरफाइनल यात्रा तय गरेको हो ।

भुटानी शरणार्थी शिविरको स्थानीय खेलमैदानमा भएको निधारीत समयको खेलमा दुवै टोलीले पाएको राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा गोल रहित बराबरी खेल्नु परेको थियो । टाइबेकरमा पनि २–२ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथतर्फ धकेलीएको थियो । सडन डेथमा भने बेलबारी ४–३ ले बिजयी भएको थियो ।

टाइबेकरमा बेलबारीका लागि कप्तान राजकुमार राई, बिबेक पौडेल, अन्जान राई, विल्सन गिरीले गोल गरे भने कासिम राईको बल आउट भएको थियो । त्यस्तै धरानका लागि निमोन लिम्बु, निपु तामाङ र साजन राईले गोल गरे भने अनिल धामी र सुसन लामिछानको प्रहार बाहिरिएको थियो । धरानका दिवश राईको प्रहार भने बेलबारीका गोलरक्षक अभिशेक बरालले बचाएका थिए ।

खेलको म्यान अफ द म्याच बेलबारीका गोलरक्षक अभिशेक बराल घोषित हुदै नगद २५ सय प्राप्त गरे । बराललाई पथरी स्र्पोटिङ क्लवका अध्यक्ष धनकुमार तामाङले नगद तथा ट्रफीले पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत माघ ७ गते बुधबारको खेल खेल लेटाङ फुटवल क्लव र वाइ एफ.सी. पथरी ए बिचमा हुने आयोजकले जनाएको छ ।

भुटानी शरणर्थी शिविरका युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ १५ गतेका दिन हुनेछ ।

Post Comments