काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनुभवी युवा प्रशिक्षक नबिन न्यौपाने नियुक्त भएका छन् ।
न्यौपानेलाई बुधबार एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव दामोदर भट्टराईले नियुक्तिपत्र हस्तान्तरण गरे । सो अवसरमा एन्फाका केन्द्रिय सदस्य पुरुषोत्तम थापा, मनिष जोशी र सिइओ इन्द्रमान तुलाधरको समेत उपस्थिति रहेको थियो ।
नेपाली फुटबलमा नबिन न्यौपाने त्यति नौलो नाम भने होईन । न्यौपानेले यसअघि राष्ट्रिय पुरुष फुटबल टोलीको अन्तरिम प्रशिक्षकका रुपमा समेत काम गरिसकेका छन् । त्यसबाहेक घरेलु फुटबलका चर्चित क्लबहरु मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, फ्रेन्चाईज लिगतर्फ एफसी चितवन र पोखरा थन्डर्सको पनि मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर ३ देखि ९ तारीखसम्म हुने एएफसी यु–२३ एसियन कप छनौट खेल्ने कार्यक्रम रहेको छ । छनौट प्रतियोगिातर्फ समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसहित सिरिया र फिलिपिन्ससँग खेल्ने कार्यक्रम छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)