News
एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि महत्वाकांक्षी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता आधिकारिक रुपमा शुरु भएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको पहिलो दिन सम्पन्न दुई खेलहरुमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरे ।
उद्घाटन तथा दिनको पहिलो खेलमा मनाङले श्री भगवती क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गर्यो । त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्लबमाथि ३–१ को जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्यो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले संयुक्त रुपमा गरेका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)