News फेरि हार्यो किरनको टोली पञ्जाब
गोलनेपाल

काठमाडौं (एजेन्सी) । भारतको प्रतिष्ठित आइ लिग फुटबलमा राउण्डग्लास पञ्जाब एफसीबाट खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोलीले लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

गत बिहीबार मात्र गोकुलम केरलासँग ४–३ ले पराजित भएको पञ्जाबले मंगलबार चर्चिल ब्रदर्शसँग १–० ले पराजित हुन पुग्यो । कोलकाता स्थित साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा चर्चिल ब्रदर्शका लागि ८५औं मिनटमा क्लेविन जुनिगाले एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै चर्चिल ब्रदर्श तीन खेलबाट ७ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा छ । उता पराजित पञ्जाब भने ३ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ । पञ्जाबले आफ्नो आगामी खेल मोहम्मदन स्र्पोटिङ क्लबसँग आइतबार खेल्नेछ ।

 

Post Comments