News
एन्फा युथ लिगः जितको लय मै संकटा
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ जितको लय कायम राख्ने क्रममा संकटा फुटबल क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
मंगलबार दिनको तेस्रो खेलमा संकटाले एनआरटीलाई ३–० ले पराजित गर्यो । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाका लागि प्रजलकुमार लुम्रे र नवराज तिरुवाले गोल गरे ।
लगातार दोस्रो जित हात पारेको संकटाको खातामा दुई खेलबाट ६ अंक भएको छ । उता आफ्नो दुई खेल मै हार बेहोरेको एनआरटी भने अझै अंकविहीन छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा