दमक । सिर्जनशील युथ क्लब र मिक्लाजुङ फुटबल क्लब जारी प्रथम यु–१९ युथ नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
दिनको पहिलो खेलमा सिर्जनशीलले पाथीभरा युवा क्लबलाई ५–१ को अन्तरले हरायो । सिर्जनशीलको जितमा स्पन्दन राई र निरज राईले समान दुई–दुई गोल गरे भने थप एक गोल आत्मघाती गोलका रुपमा भएको थियो । उता पराजित पाथीभराका लागि भने अभिषेक मगरले एक मात्र गोल फर्काएका थिए । खेलको प्लेयर अफ दि म्याच भने सिर्जनशील कै निरज राई घोषित भए ।
त्यस्तै दिनको दोस्रो खेलमा मिक्लाजुङले फाल्गुनन्द युवा क्लबलाई शून्यका विरुद्ध एक गोलको साँघुरो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । मिक्लाजुङका लागि निश्चल बोहराले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता मिक्लाजुङका निश्चल बोहरा नै प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत असार २५ गते पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा आयोजक योङ ब्लड विरुद्ध राइजिङ स्पोर्टस क्लब भिड्ने छन् भने दोस्रो खेलमा देउराली फुटबल क्लब र फुङनाम स्र्पोटिङ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
यही असार ३२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक