काठमाडौं । बंगलादेशमा हुने साफ यु-२० महिला च्याम्पियनसिप आयोजनाको संघारमा रहे तापनी यसपटक दक्षिण एसियाको परिचित पावरहाउस टोली भारतले भने सहभागिता जनाएको छैन ।
भारतले यसपटक साफ प्रतियोगितालाई छाडेर एएफसी यु-२० महिला एसियन कप छ्नौटको तयारीमा लागेको छ । त्यसका लागि भारतीय टोली उज्वेकिस्तान जाने भएको छ । त्यहाँ भारतको यु-२० महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानसँग जुलाई १३ र १६ तारीखका दिन दुई मैत्रीपूर्ण म्याच खेल्नेछ ।
स्मरणीय रहोस, एएफसी यु-२० महिला एसियन कप छ्नौटतर्फ भारत समूह डी मा परेको छ । जहाँ भारतले आयोजक म्यानमारसहित तुर्कमेनिस्तान र इन्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।
त्यस्तै एएफसी यु-२० महिला एसियन कप छ्नौटतर्फ नेपाल पनि सहभागी छ । छ्नौट प्रतियोगिताको समूह ए मा रहेको नेपालले आयोजक भुटानसहित बलियो उत्तर कोरिया, मंगोलिया र साउदी अरेबियासँग खेल्ने तय भईसकेको छ ।
उता बंगलादेशको राजधानी ढाकामा यही ११ देखि २१ जुलाईसम्म हुने साफ यु-२० महिला च्याम्पियनसिपमा भारतको सहभागिता नरहेपछी यसपटक आयोजक बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका गरि दक्षिण एसियाका कुल चार टोली मात्र सहभागी छन । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल