काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ बुधबार भएका शुरुवाती दुई खेलहरु मध्ये एकमा चर्च ब्वाईज युनाइटेडले फराकिलो जित हात पारेको छ भने अर्को खेलमा फ्रेण्डस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चर्च ब्वाईजले सातदोबाटो युथ क्लबलाई ९–२ को फराकिलो अन्तरले हरायो । चर्च ब्वाईजको जितमा स्वप्निल दर्नाल र सुशान थापाले ह्याट्रिक गरे । त्यस्तै सुजन तामाङले दुई गोल गर्दा थप एक गोल पारस ऐडीले गरे । उता पराजित सातदोबाटोका लागि भने बिमलेन्द्र कुशवाह र युवराज भट्टराईले गोल फर्काएका थिए ।
यो जितपछि पाँच खेलबाट ६ अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको आठौं स्थानमा उक्लेको छ । उता लगातार पाँचौं हार बेहोरेको सातदोबाटो भने अझैं अंकविहीन रुपमा संघर्षरत छ ।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा फ्रेण्डस क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ५ खेलबाट १० अंक जोडेको फ्रेण्डस तत्कालका लागि लिगतालिकाको शिर्ष तीनमा पुगेको छ । उता शेर्पा भने ८ अंकका साथ छैटौं स्थानमा छ ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने