News हेटौडा भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटौंडाको हुप्रचौरमा जारी छैठौं हेटौंडा भेट्रन्स कप एट ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार पहिलो क्वाटरफाइनलमा चावहिल ‘भेट्रान्स’ बिजयी भयो । डिल्लिबजार ‘भेट्रन्स’लाई ‘टाईब्रेकरमा ३–१ गोलअन्तरले पराजीत गर्दै चाबहिल ‘भेट्रान्स’ बिजयी भएको हो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा सानो गौचरण ‘भेट्रान्स’ ले जोरपाटि ‘भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलमा उदय गुरुङको गोल नै निणर्यक बनेको थियो । खेलको ‘म्यान अफ द म्याच’ सानो गौचरणका पञ्च ज्ञान महर्जन भएका छन ।

तेस्रो क्वाटरफाइनलतर्फ हेटौंडा ‘भेट्रान्स’ सुपरले फुटसल ‘भेट्रन्स’ हेटौंडालाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलको ‘म्यान अफ द म्याच’ हेटौंडा ‘भेट्रन्स’सुपरका एलबी आले घोषित भएका छन । खेलमा हेटौंडा भेट्रान्सकातर्फबाट ज्ञानु क्षेत्री , नवराज बज्राचार्य र अधिकार राईले गोल गरेका थिए ।

त्यसैगरी अन्तिम क्वाटरफाइनलमा बगरभाई खलक पोखराले आयोजक हेटौंडा ‘भेट्रान्स’ लाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलमा मनोज गुरुङको गोल नै निणर्यक बन्यो । खेलको म्यान अफ द म्याच हेटौंडा ‘भेट्रान्स’का अनल आचार्य घोषित भएका छन ।

बिहीबार सम्पन्न भएका चार खेलहरुसँगै चावहिल ‘भेट्रान्स’, सानोगौचरण ‘भेट्रान्स’ , हेटौंडा ‘भेट्रन्स’ सुपर र बगरभाई खलक ‘भेट्रान्स पोखरा सेमिफाइनल प्रवेश गरेका छन ।

शुक्रबार दिउँसो १ बजे हेटौंडा ‘भेट्रन्स’ सुपर र साना गौचरण बिच तथा चाबहिल भेटरन्स र बगरभाई खलक भेट्रान्स बिच सेमिफाइनलका खेलहरु हुनेछन भने शनिवार फाइनल खेल हुने आयोजकले जनाएको छ ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १,१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments