News सुर्यमुखी कपः सगरमाथा, श्री ठुलीचौर र बुद्धनगरको जित
सुरज राना मगर

सुन्दरनगर । रुपन्देहीको कञ्चन गाउँपालिकामा जारी प्रथम सुर्यमुखी कपतर्फ सगरमाथा फुटबल क्लब, श्री ठुलीचौर फुटबल क्लब र बुद्धनगर युवा क्लबले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

सुन्दरनगर खेलमैदानमा भएको पहिलो खेलमा सगरमाथाले बगिया फुटबल क्लब (ए) लाई ४–१ को अन्तरले हरायो । खेलमा सगरमाथाका सन्जु सेन म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा श्री ठुलीचौरले सफलता पूर्नःस्थापना केन्द्रलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्यो । खेलमा श्री ठूलीचौरका मिलन थारु म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा भने बुद्धनगरले वाकओभर पाउँदै जित हात पार्यो । आयोजकले तोकिएको समयसम्म पनि विपक्षी टोली बगिया एफसी (बी) मैदानमा नआएपछि आयोजकले बुद्धनगरलाई विजयी घोषित गरेको खेल संयोजक रबिन थापाले बताए ।

सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।

Post Comments