काठमाडौं । जारी साफ यु–२० महिला च्याम्पियनसिपतर्फ लगातार तेस्रो जित हात पार्दै लिग चरणको अन्तिम खेल बाँकी छँदा नेपाल शिर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगिताको आफ्नो पाँचौं र भुटान विरुद्धको दोस्रो लेगमा नेपालले शनिबार ८–० को जित निकाल्यो । नेपालले पहिलो लेगमा भुटानलाई ६–१ को अन्तरले हराएको थियो ।
ढाका स्थित बसुन्धरा स्पोर्टस ग्राउण्डमा भएको खेलमा नेपालका लागि पुर्णिमा राई र मिना देउवाले ह्याट्रिक पूरा गरीन् । त्यस्तै समिक्षा घिमिरे र कुसुम खतिवडाको नाममा एक–एक गोल रह्यो ।
यो जितपछि ५ खेलबाट १२ अंक जोडेको नेपाल तत्कालका लागि शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेल्दै समान अंक भए तापनि आयोजक बंगलादेश गोलभिन्नताले पछि पर्दै दोस्रो स्थानमा छ । साथै बंगलादेशले शनिबार राती नै श्रीलंकासँग खेल्दैछ । त्यो खेलमा जित हात पारे बंगलादेश फेरि शिर्ष स्थानमा उक्लिएको छ ।
नेपालले लिग चरणको अन्तिम खेलमा अब २१ जुलाईका दिन बंगलादेशकै सामना गर्नेछ । त्यो खेल नेपालका लागि निर्णायक समेत बन्नेछ । बंगलादेशले आज श्रीलंकालाई हराए २१ जुलाईका दिन हुने खेलमा नेपाललाई घरेलु टोली विरुद्ध जित हात पार्नुपर्ने दबाब समेत हुनेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल