काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतमा हुने एसिया कै पुरानो र प्रतिष्ठित डुरान्ड कपको १३४औं संस्करण खेल्न शनिबार भारततर्फ प्रस्थान गरेको छ ।
यही जुलाई २३ तारीखदेखि २३ अगस्तसम्म हुने प्रतियोगितातर्फ त्रिभुवन आर्मी समूह सी मा परेको छ । जहाँ आर्मीले इण्डियन सुपर लिग क्लब जमशेदपुर एफसी, इण्डियन आर्मी र लदाख फुटबल क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो सहभागिता समेत हो । आर्मीले यसअघिका दुई संस्करणहरुमा पनि सहभागिता जनाएको थियो । यसपटक त्रिभुवन आर्मी बाहेक मलेसियाको विभागीय टोलीले पनि पाहुना टोलीका रुपमा सहभागिता जनाउँदैछ ।
प्रतियोगिताको गत संस्करणको उपाधि अर्को इण्डियन सुपर लिग क्लब नर्थ इष्ट युनाइटेडले जितेको छ । फाइनलमा नर्थ इष्टले मोहन बगान सुपर जायन्टसलाई हराउँदै पहिलोपटक डुरान्ड कपको उपाधि उचाल्न सफल भएको थियो ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान