News
युइएफए महिला युरोः स्पेन फाइनलमा, उपाधिका लागि इङल्याण्डसँग भिड्ने
काठमाडौं (एजेन्सी) । विश्व विजेता स्पेन जारी युइएफए महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । दोस्रो सेमिफाइनलतर्फ स्पेनले गत संस्करणको उपविजेता जर्मनीलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।
स्वीजरल्याण्डको ज्युरिच शहरमा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनलाई जित हात पार्न अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको ११३औं मिनटमा आइताना बोनमतीले स्पेनका लागि एक मात्र निर्णायक गोल गरीन् ।
स्पेनले अब २७ जुलाईका दिन हुने फाइनलमा साविक विजेता इङल्याण्डको सामना गर्नेछ । इङल्याण्डले पहिलो सेमिफाइनलतर्फ इटालीलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
Post Comments