News
भारतले उरुग्वेसँग पनि खेल्ने
काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली राष्ट्र भारतले पाँचपल्टको विश्व च्याम्पियन ब्राजीलसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने चर्चा सेलाउन नपाउँदै भारतीय टोलीले अर्को विश्वविजेता उरुग्वेसँग पनि खेल्ने तय भएको छ ।
अल इन्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले दुईपल्टको विश्वविजेता उरुग्वेसँग खेल्ने लागेको कुरा पनि आफ्नो आधिकारिक वेबसाईटमार्फत जानकारी गराएको छ । एआइएफएफका अनुसार भारतले कोलकातामा ६ अक्टोबरका दिन उरुग्वेसँग खेल्ने मिति तय भएको हो ।
त्यसअघि भारतले २६ सेप्टेम्बरका दिन बैंगलोरमा पनामासँग खेल्नेछ भने ३ अक्टोबरका कोलकातामा दक्षिण अमेरिकी महारथी ब्राजीलसँग खेल्ने कार्यक्रम तय भईसकेको छ ।
Post Comments