काठमाडौं । एन्फा यु–१६ युथ फुटबल प्रतियोगितातर्फ विभागीय टोली एपिएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले एनआरटीलाई शून्यका विरुद्ध १ गोलको अन्तरले हरायो । यो जितपछि ८ खेलबाट १५ अंकजोडेको एपिएफ शिर्ष तीन कै होडमा छ । उता पराजित एनआरटीको खातामा भने ५ अंक छ र पुछारतिरै संघर्षरत छ ।
बिहीबार नै भएको अर्को खेलमा मच्छिन्द्रले संकटा फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । यो जितपछि ८ खेलबाट १७ अंक जोडेको मच्छिन्द्र तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा भने १८ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
त्यस्तै तेस्रो खेलमा जावलाखेलले प्लानिङ ब्वाईज युनाइटेडलाई ६–३ को अन्तरले हरायो । यो जितपछि ८ खेलबाट १० अंक जोडेको जावलाखेल लिगतालिकाको नवौं स्थानमा छ । उता पराजित प्लानिङ ब्वाईज भने ६ अंकका साथ ११औं स्थानमा छ ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने