सियारी । डिवाइसी क्लब, सियारी गाउँपालिका १, कोटहीमाईको आयोजनामा यही साउन १६ गतेदेखि स्व. मोहन घर्ती क्षेत्री स्मृति चौथो डिवाइसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
सियारी १, कोटहीमाई स्थित चिल्हिया स्कुलको खेलमैदानमा हुने प्रतियोगिताको यही साउन १५ गते दिनको १२ बजेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको पनि खेल संयोजक मुकुल क्षेत्रीले जानकारी दिए ।
सियारी गाउँपालिका १, मधुबन निवासी दिवंगत मोहन घर्ती क्षेत्रीको परिवारद्वारा प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष दिनेश कार्कीले बताए ।
प्रतियोगिताको भौतिक, प्राविधिक र आर्थिक व्यवस्थापनको कामहरु पनि अन्तिम चरणमा रहेको खेल संयोजक मुकुल क्षेत्रीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सिमित संख्यामा टोलीहरु सहभागि गराइने र प्रतियोगिता भव्य बनाइने योजना रहेको पनि सुनाए ।
प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बर 9762613657 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
विस्तृत पत्र हेर्नुहोसः
