News
कर्पोरेट फुटसल भदौ पहिलो साता, विजेताले १ लाख पाउने
काठमाडौं । ग्रोवाईज बिजनेस एडभाइजरीको आयोजनामा आउँदो भदौ ८ र ९ गतेका दिन फाईभ ए साईड कर्पोरेट फुटसल च्याम्पियनसिप हुने भएको छ ।
बाफल, काठमाडौं स्थित युनाइटेड फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9861670911, 9864595959 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
- बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न