News हेटौडा गोल्डकप निर्धारित मितिभन्दा पहिल्यै हुने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहि माघ २२ गतेदेखि मकवानपुरको व्यस्त शहर हेटौंडामा आयोजना हुने तयारी गरिएको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता ६ अघि नै आयोजना हुने भएको छ ।

नयाँ मिति अनुसार अब प्रतियोगिता यही माघ १६ गतेबाट सञ्चालन हुने भएको छ । फरेष्ट्री क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता विद्यार्थीको परीक्षाका कारण ६ दिन अगाडी नै गर्नुपर्ने बाध्यात्मक अवस्था आएको आयोजक विजय यूथ क्लवका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए ।

साथै प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको समेत अध्यक्ष राजबाहकले बताए । उनी भन्छन्, “२२ गतेबाट आयोजना गर्ने तयारी थियो । फरेष्ट्री क्याम्पसका विद्यार्थीहरुको परीक्षा परेको कारण केहीदिन अगाडी गर्नुपर्ने भयो” ।

प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाको १० टिमहरुको सहभागिता रहनेछ । करिब २१ लाख रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

यस्तै विधागततर्फ प्रतियोगिताको उत्कृट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच–हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ ।

Post Comments