News
एन्फा युथ लिगः पुलिसको शिर्षता कायमै, मनाङको पनि जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले महत्वपूर्ण जित हात पार्दै आफ्नो शिर्षतालाई कायम राखेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले पराजित गर्यो । पुलिसको जितमा समिर कुमार, मेसी विर विबक्रम शाह र रोनी विर बिक्रम शाहले गोल गरे । पराजित आर्मीका लागि भने जोएल गुरुङले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि ११ खेलबाट २८ अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता पराजित आर्मी भने ६ अंकका साथ १२औं स्थानमा संघर्षरत छ ।
त्यस्तै सोमबार नै भएको दिनको अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्डस क्लबमाथि २–१ को जित निकाल्दै आफ्नो खातामा महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने