News एन्फा युथ लिगः चर्च ब्वाईज, एनआरटी र जावलाखेलको जित
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार साविक विजेता चर्च ब्वाईज युनाइटेड, न्युरोडटिम (एनआरटी) र जावलाखेल युथ क्लबले आ–आफ्नो खेलमा जित हात पारका छन् ।

एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाईजले हिमालयन शेर्पा क्लबलाई २–० ले हरायो । यो नतिजापछि ११ खेलबाट २० अंक जोडेको चर्च ब्वाईज छैटौं स्थानमा छ । पराजित शेर्पा भने १४ अंकका साथ नवौं स्थानमा छ ।

त्यस्तै अर्को खेलमा एनआरटीले सातदोबाटो युथ क्लबमाथि १–० को जित हात पार्यो । यो जितपछि ११ खेलबाट १२ अंक जोडेको एनआरटी लिगतालिकाको दशौं स्थानमा छ । पराजित सातदोबाटो भने अंकविहीन रुपमा पुछार मै संघर्षरत छ ।

त्यसैगरी मंगलबार नै भएको अन्तिम खेलमा जावलाखेलले शिर्षताको होडमा रहेको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । यो जितपछि जावलाखेल ११ खेलबाट १६ अंकका साथ आठौं स्थानमा छ । पराजित मच्छिन्द्र भने २३ अंकका साथ तेस्रो स्थानमा छ । शिर्ष स्थानमा भने २८ अंक जोडेको पुलिस रहेको छ ।

Post Comments