काठमाडौं । नेपालका उदाउँदा युवा मिडफिल्डर आयुष घलानले बंगलादेशको शिर्ष लिग ‘बंगलादेश प्रिमियर लिग (बिएिल)’ खेल्ने भएका छन् । आयुषले विभागीय टोली बंगलादेश पुलिस फुटबल क्लबका लागि खेल्ने भएका हुन् ।
क्लबले आयुषलाई एक सिजनका लागि अनुवन्ध गरेको बताइएको छ । एन्फा स्रोतका अनुसार आयुषले बंगलादेशी शिर्ष लिग खेल्ने तय भएको र त्यसका लागि मेडिकल गर्न बाँकी रहेको जनाएको छ ।
बंगलादेश पुलिसले गत सिजन रेलिगेशन क्षेत्रभन्दा दुई स्थान माथि लिगतालिकाको सातौं स्थानमा रहेर सिजनको समापन गरेको थियो । लिग उपाधि भने मोहम्मदनले जितेको थियो ।
स्मरण रहोस, आउँदो सिजन बंगलादेशको शिर्ष लिग खेल्ने आयुष दोस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपाल कै अभिषेक लिम्बुलाई रहमतगंजले अनुवन्ध गरिसकेको छ ।
घरेलु फुटबलमा समेत परिचित आयुषले मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाईज युनाइटेड, संकटा फुटबल क्लब र थ्रीस्टार क्लब जस्ता सफल क्लबहरुबाट समेत खेले । त्यसबाहेक उनले नेपाल सुपर लिगमा पोखरा थन्डर्सका लागि समेत खेलिसकेका छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल