बगनाशकाली । पाल्पा फुटबल एकेडेमी, तानसेन यहाँ जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ पाल्पा एफएले आयोजक नव जनजागृति युवा क्लब (कालो) लाई १–० को अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।
बगनाशकाली गाउँपालिका–१, घोरबन्दा, पाल्पा स्थित कोठीचौर खेलमैदानमा भएको खेलमा पाल्पा एफएका लागि कृष्ण सिङ्जालीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता पाल्पा एफएका कृष्ण सिङ्जाी नै म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत भदौ २ गते सोमबारको प्रिक्वाटरफाइनल खेल प्रकृति युवा क्लब र भगवती फुटबल क्लबबीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।
नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ १० गतेका दिन हुनेछ ।