News
साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको खराब शुरुवात
काठमाडौं । भुटानमा बुधबारदेखि शुरु भएको साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ नेपालले आफ्नो पहिलो खेलमै निराशाजनक प्रदर्शन गर्दै प्रतियोगितामा खराब शुरुवात गरेको छ ।
थिम्पु स्थित चाङलिमिथाङ नेशनल स्टेडियममा भएको उद्घाटन खेलमा नेपालले बलियो भारतसँग ७–० को फराकिलो हार बेहोरेको हो । पहिलो हाफ मै दुई पाँच गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुगेको थियो ।
प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल २२ अगस्त शुक्रबारका दिन आयोजक भुटानसँग खेल्नेछ । सोही दिन भारतले भने साविक विजेता बंगलादेशको सामना गर्नेछ ।
प्रतियोगितामा दक्षिण एसियाका कुल चार टोलीहरु मात्र सहभागि छन् । डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।
Post Comments
Related News