News
जिम्बाब्वेका अन्तर्राष्ट्रिय खेलाडी मृत भेटिए
काठमाडौं (एजेन्सी) । जिम्बाब्वेका अन्तर्राष्ट्रिय खेलाडी टेन्डाई एन्डोरो मृत भेटिएका छन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ४० वर्षिय टेन्डाई दक्षिण अफ्रिकाको जोहानेसबर्ग स्थित आफ्नै घरमा सोमबार मृत भेटिएका हुन । उनको मृत्युको कारणबारे थप खुलाइएको छैन ।
टेन्डाईका पूर्व क्लब ओर्लान्डो पाइरेट्सले पनि उनको मृत्युको खबर पुष्टि गरेको छ । टेन्डाईले आफ्नो व्यवसायीक क्लब फुटबलको करियर अधिकांश समय दक्षिण अफ्रिकी क्लब ओर्लान्डो पाइरेट्स मै बिताएका थिए ।
त्यस्तै जिम्बाब्वेका लागि सन २०१३ म अन्तर्राष्ट्रिय डेब्यु गर्दै देशका लागि सन २०१७ सम्म अन्तर्राष्ट्रिय फुटबल खेलेका टेन्डाइले त्यसक्रममा जिम्बाब्वेका लागि १४ खेलमा ५ गोल समेत गरेका थिए ।
Post Comments