काठमाडौं । बुधबारदेखि शुरु भएको साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ साविक विजेता बंगलादेशले पनि विजयी शुरुवात गरेको छ । दिनको दोस्रो खेलमा बंगलादेशले आयोजक भुटानमाथि ३–१ को जित निकाल्दै विजयी शुरुवात गरेको हो ।
चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशका लागि अल्पी अक्तरले दुई गोल गर्दा सौरवी अकन्दा प्रितीले थप एक गोल गरेकी थिईन् । उता पराजित भुटानका लागि भने रिन्जिन डेमा छोदेनले एक मात्र गोल फर्काएकी थिईन् ।
प्रतियोगिता अन्तर्गत अगस्त २२ तारीख शुक्रबारका दिन बंगलादेशले भारतको सामना गर्नेछ भने सोही दिन भुटानले नेपालसँग खेल्नेछ । स्मरण रहोस, बुधबार नै भएको उद्घाटन खेलमा भारतले नेपालमाथि ७–० को जित हात पारेको थियो ।
प्रतियोगितामा दक्षिण एसियाका कुल चार टोलीहरु मात्र सहभागि छन् । डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल