News
लगातार दोस्रो हारसँगै एपिएफको चुनौति समाप्त
काठमाडौ. । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ आफ्नो समूहमा लगातार दोस्रो हार बेहोर्दै नेपालको प्रतिनिधित्व गरिरहेको एपिएफ फुटबल क्लब समूह चरणबाटै बाहिरिएको छ ।
प्रारम्भिक चरणको छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको एपिएफले आफ्नो दोस्रो खेलमा बिहीबार थाइल्याण्डको कलेज अफ एसियन स्कलर्ससँग ४–० को हार बेहोर्न पुग्यो । एपिएफले आफ्नो पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानको नसाफसँग ३–० ले पराजित भएको थियो ।
दुई खेलबाट अंकविहीन पुछारमा रहेको एपिएफ समूह चरणबाटै बाहिरिने पक्का भएको छ । एसियन स्कलर्स भने समान दुई खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा छ । एपिएफले समूह चरणको अन्तिम खेलमा ३१ अगस्त आइतबारका दिन साउदी अरेबियाको अल नासरसँग खेल्नेछ ।
Post Comments
Related News