काठमाडौं । नेपालको चर्चित र सफलतम क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लबको पूर्व अध्यक्ष जाम्लिङ घले मनाङ समाज सेवा समितिको अध्यक्ष जस्तो गरिमामय पदमा चयन भएका छन् ।
लामागुरु शेरप ग्याल्जेन रिम्पोछे प्रमुख आतिथ्यतामा यही भदौ १२ गतेका दिन सम्पन्न मनाङ समाज सेवा समितिको साधारणसभाले जाम्लिङलाई अध्यक्ष पदमा चयन गरेको हो ।
स्मरण रहोस, मनाङ समाज सेवा समिति चर्चित क्लब मनाङ मस्र्याङ्दी क्लब कै अभिभावक संस्था समेत हो । समाज कै रेखदेखमा मनाङ मस्र्याङ्दी क्लब सञ्चालित समेत छ ।
त्यस्तै मनाङ समाज सेवा समितिको उपाध्यक्षद्वयमा मन बहादुर गुरुङ र गम छिरिङ गुरुङ चयन भएका छन् । त्यस्तै महासचिवमा असिन गुरुङ चयन भएका छन् भने कोषाध्यक्षमा कर्मा गुरुङ तथा सह–कोषाध्यक्षमा दावा गुरुङ चयन भएका छन् । सचिवमा भने कर्म गुरुङ चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा कर्म ठुले गुरुङ, लाक्पा डेन्डु गुरुङ, लोप्साङ गुरुङ, सिदि गुरुङ, छिरिङ गुरुङ, कान्छा गुरुङ र दोर्जे लामा गुरुङ चयन भएका छन् ।