News जापानमा पुर्वेली कप हुँदै
गोलनेपाल

काठमाडौं । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ जापानमा रहेका प्रवासी नेपालीहरुबीच यही अगस्त ३१ तारीखका दिन पुर्वेली कप फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख जापानी येन हात पार्नेछ भने उपविजेताले २ लाख जापानी येन प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही ५०–५० हजार जापानी येन पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ४१००० जापानी येन तोकिएको समेत आयोजकले जानकारी दियो ।

प्रतियोगिता सञ्चालन कार्यक्रमः

- मिति: [२०२५-०८-३१]

- स्थान: [〒270-0144 千葉県流山市前ケ崎85/(85 Maegasaki, Nagareyama, Chiba 270-0144)] (कीता कोगाने स्टेसन नजीक(Near Kita-kogane station)

- समय: [बिहान ९:०० बाट सुरु ] (Sharp 9 am)

टिम दर्ता तथा जानकारीको लागि सम्पर्क गर्नुहोस्:

- [भुवन (080-9776-6060)]

- [दीपेश(070-9301-3055)]

- [रबिन (070-8583-7776)]

- [देवराज (090-6101-1207)]

Post Comments