धरान । गत वर्ष पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमी मकवानपुरका प्रशिक्षार्थीहरु स्व. अनुमप घलान, आदित्य बलम्पाखी, दिवस बानियाँ, प्रियन्स आचार्य, बिकल रेग्मी र साइमन योन्जनको स्मृतिमा सुनसरीमा एन्फा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ ।
धरान स्थित एन्फा एकेडेमीको मैदानमा भएको छात्रातर्फको खेलमा आदर्श माविले पञ्चायन विद्या मन्दिरलाई ३–० ले हरायो । आदर्शका लागि स्तुती राईले ह्याट्रिक गरीन । स्तुत नै खेलको प्लेयर अफ दि म्याच समेत घोषित भईन् ।
सोही मैदानमा भएको अर्को खेलमा भरौल बाल मन्दिरले स्काई इङलिस बोर्डिङ स्कुललाई २–० ले पराजित गर्यो । भरौलको जितमा दुवै गोल मनिषा लिम्बुले गरीन् । मनिषा नै खेलको प्लेयर अफ दि म्याच समेत बनिन् ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच धरानका पूर्व उपमेयर तथा सुनसरी जिल्ला फुटबल संघका सल्लाहकार मिन कुमार सुब्बाले गरेका थिए ।
त्यस्तै छात्रतर्फ तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा भएको पहिलो खेलमा थर्ड आई स्कुलले इनरुवा इङलिस बोर्डिङ स्कुललाई २–० ले हरायो । थर्ड आईका लागि रियान चौधरी र आदित्य श्रेष्ठले गोल गरे । खेलमा थर्ड आई कै रियान चौधरी म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा देउराली चिल्ड्रेन एकेडेमीले सुनाखरी एकेडेमीलाई ३–१ ले हरायो । देउरालीको जितमा खेलमा देउरालीका धिरज लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
त्यसैगरी बराहक्षेत्र खेलमैदानमा भएको पहिलो खेलमा आइरिस बराह एकेडेमीले श्री दिपेन्द्रलाई ३–१ ले पराजित गर्यो । सोही मैदानमा भएको अर्को खेलमा नेपाल पुलिस स्कुलले मुन बिम एकेडेमीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजना तथा सुनसरी जिल्ला फुटबल संघको व्यवस्थानमा शुरु भएको प्रतियोगिता अन्तर्गत भदौ १७ गते मंगलबार पनि ६ खेलहरु हुने आयोजकले जानकारी दियो ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने