News
नेपोभिट जितपुरसिमरा महिला गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
सिमरा । सिमरा भेट्रान क्लबको आयोजनामा यही भदौ २१ गतेदेखि शुरु हुन गईरहेको नेपोभिट जितपुरसिमरा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
सिमरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा भदौ २१ गतेका दिन सिमरा भेट्रान क्लब र रौतहट जिल्ला फुटबल संघबीच हुने आयोजकले जानकारी दियो । सबै खेलहरु साँझ ६ बजेदेखि शुरु हुने समेत आयोजकले जनाएको छ ।
नेपाल र भारतका गरी कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने भदौ २८ गतेका दिन हुनेछ । विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments