News
बंगलादेशको फुटबल टोली बुधबार नेपाल आइपुग्ने
काठमाडौं । फिफा विन्डोतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोली बुधबार नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाका अनुसार बंगलादेशी फुटबल टोली बुधबार बिमान बंगलादेशमार्फत नेपाली समयअनुसार दिनको ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिने जानकारी गराइएको छ ।
स्मरण रहोस, नेपालले बंगलादेशससँग यही सेप्टेम्बर ६ र ९ तारीखका दिन दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । जुन खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछन् ।
Photo: Bangladesh FF
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल