News पितृ स्मृति ट्रिनिटी कपः शुक्रबार तीन खेलहरु सम्पन्न
गोलनेपाल

वालिङ । पितृ स्मृति ट्रिनिटी कप गण्डकी प्रदेशस्तरीय यु–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेलहरु सम्पन्न भएका छन् ।

वालिङ खेलमैदानमा सम्पन्न दिनको पहिलो खेलमा ट्रिनिटी क्लब (ए) ले ट्रिनिटी क्लब (बी) लाई ४–० को अन्तरले हरायो । ट्रिनिटी ए का लागि आशा रानाले ह्याट्रिक गर्दा थप एक गोल प्राश्ना परियारले गरीन् । खेलमा ह्याट्रिक गरेकी ट्रिनिटी ए की आशा राना प्लेयर अफ दि म्याच बनिन् ।

त्यस्तै अर्को खेलमा म्याग्दी जिल्ला फुटबल संघले आरएस पोखरा फुटबल क्लबलाई समान ४–० कै अन्तरले हरायो । म्याग्दीको जितमा सरीता प्रतेलले दुई गोल गर्दा समृद्धि घर्ती र रोशिका घर्तीले समान एक–एक गोल गरे । खेलमा म्याग्दीकी सरीता प्रतेल प्लेयर अफ दि म्याच बनिन् ।

तेस्रो खेलमा देवचुली नगरपालिकाले हिल्ली फिल्डर्स, गोरखालाई १–० को साँघुरो अन्तरले हरायो । देवचुलीका लागि प्रतिक्षा नेपालीले एक मात्र निर्णायक गोल गरीन् । खेलको प्लेयर अफ दि म्याच भने देवचुलीकी कप्तान कुसुम बोटे घोषित भईन् ।

ट्रिनिटी क्लब, वालिङ, स्याङ्जाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । समापन यही भदौ २३ गतेका दिन हुनेछ ।

 

Post Comments