News
साफ युथ च्याम्पियनसिपका लागि श्रीलंका जाने युथ टोलीको विदाई
काठमाडौं । श्रीलंकामा हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिपका लागि त्यसतर्फ जाने नेपाली यु–१७ फुटबल टोलीको विदाई गरिएको छ । शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच युवा टोलीको विदाई गरिएको हो ।
युवा टोलीको विदाई शुक्रबार गरि तापनि नेपाली टोली शनिबार श्रीलंकातर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ । स्मरण रहोस, प्रतियोगिता यही सेप्टेम्बर १५ देखि २७ तारीखसम्म श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ ।
प्रतियोगिता अन्तर्गत समूह ए मा रहेको नेपालले सेप्टेम्बर १५ तारीखका दिन हुने उद्घाटन खेलमै आयोजक श्रीलंकासँग खेल्ने कार्यक्रम छ । त्यस्तै दोस्रो खेल २१ सेप्टेम्बरका दिन बंगलादेशसँग खेल्नेछ । उता समूह बी तर्फ भारत, भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि