काठमाडौं । केही महिना अघि मात्रै न्युजिल्याण्डको चर्चित क्लब वेलिङटन फोएनिक्स फुटबल क्लबमा आवद्ध भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारीले नयाँ क्लबसँगको नियमित अभ्यास शुरु गरेकी छिन् ।
“आगामी दिन र चुनौतिहरुका लागि उत्साहित रहेको” भन्दै साबित्राले वेलिङटनसँगको अभ्यास शुरु गरेको केही तस्विरहरु आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोष्ट समेत गरेकी छिन् ।
स्मरण रहोस, गत वर्ष फ्रान्सको शिर्ष लिग गुइनग्याम्पका लागि खेलेकी साबित्रा गत जुलाईमा मात्रै वेलिङटनमा दुई वर्षका लागि अनुवन्धित भएकी थिईन् । वेलिङटनले अष्ट्रेलियाको शिर्ष महिला लिग निन्जा लिग (ए लिग वुमन) खेल्नेछिन् । लिगको नयाँ सिजन अक्टुबरमा शुरु हुने बताइएको छ ।
गत सिजन वेलिङटनले लिगतालिकाको नवौं स्थानमा रहेर सिजनको समापन गरेको थियो । लिग उपाधि भने सेन्ट्रल कोष्ट मेरिनर्सले जितेको थियो ।