News
साफ युथ च्याम्पियनसिपका लागि श्रीलंका जाने युथ टोलीको विदाई
काठमाडौं । श्रीलंकामा हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिपका लागि त्यसतर्फ जाने नेपाली यु–१७ फुटबल टोलीको विदाई गरिएको छ । शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच युवा टोलीको विदाई गरिएको हो ।
युवा टोलीको विदाई शुक्रबार गरि तापनि नेपाली टोली शनिबार श्रीलंकातर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ । स्मरण रहोस, प्रतियोगिता यही सेप्टेम्बर १५ देखि २७ तारीखसम्म श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ ।
प्रतियोगिता अन्तर्गत समूह ए मा रहेको नेपालले सेप्टेम्बर १५ तारीखका दिन हुने उद्घाटन खेलमै आयोजक श्रीलंकासँग खेल्ने कार्यक्रम छ । त्यस्तै दोस्रो खेल २१ सेप्टेम्बरका दिन बंगलादेशसँग खेल्नेछ । उता समूह बी तर्फ भारत, भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने