News अनन्तले पनि बंगलादेशको शिर्ष लिग खेल्ने तय
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी डिफेन्डर मध्ये एक अनन्त तामाङले पनि बंगलादेशको शिर्ष फुटबल लिग बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने भएका छन् ।

२७ वर्षिय सेन्टर ब्याक तामाङलाई फोर्टिस फुटबल क्लबले नयाँ सिजनका लागि अनुवन्ध गरेको हो । क्लबले अनन्तलाई अनुवन्ध गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत घोषणा गरिसकेको छ ।

यस सिजन बंगलादेशको शिर्ष लिग खेल्ने अनन्त पहिलो नेपाली खेलाडी भने होईनन् । नेपालकै अन्जन बिष्ट, एरिक बिष्ट, सनिष श्रेष्ठ र योगेश गुरुङले ब्रदर्श युनियनबाट खेल्ने तय भईसकेको छ ।

त्यस्तै आयुष घलान र किरन चेम्जोङ बंगलादेश पुलिस फुटबल क्लबमा अनुबन्धित भएका छन् भने अभिषेक लिम्बुले रहमतगञ्जका लागि खेल्नेछ । बंगलादेश प्रिमियर लिगको नयाँ सिजन यही सेप्टेम्बर अन्तिम सातादेखि शुरु हुने कार्यक्रम छ ।

Post Comments