News नेपोभिट जितपुरसिमरा महिला गोल्डकपः एपिएफ उपाधि नजिक
गोलनेपाल

जितपुरसिमरा । उपाधिको बलियो प्रत्याशी एपिएफ फुटबल क्लब यहाँ जारी नेपोभिट जितपुरसिमरा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा भएको दोस्रो सेमिफाइनलतर्फ एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५–३ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । एपीएफका लागि रश्मीकुमारी घिसिङले दुई, कप्तान अनिता बस्नेत, निशा थोकर र अनिता केसीले समान एक–एक गोल गरे । पुलिसका लागि भने रेखा पौडेलले एक गोल फर्काएकी थिईन् भने एक गोल आत्मघाती भएको थियो ।

खेलमा एपिएफकी मनमाया दमाई प्लेयर अफ दि म्याच बनिन् । एपिएफले अब फाइनलमा उपाधिका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ । फाइनल खेल भने भदौ ३० गते सोमबार हुने आयोजकले जानकारी दियो ।

सिमरा भेट्रान्स क्लब, जितपुरसिमराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments