News संघर्षपुर्ण जितका साथ फर्साटिकर क्वाटरफाइनलमा
गोलनेपाल

प्रतियोगिताको दावेदार मध्ये एक फर्साटिकर युवा क्लब तिलोत्तमा–१४ बाघधुरा देवीनगरमा जारी तेस्रो सन्जिवनी कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार आयोजक क्लबको खेल मैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ फर्साटिकरले न्यु सिर्जना युवा क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।

नियमित समयतर्फ फर्साटिकरका लागि सुजन रानाले गोल गरेका थिए भने न्यु सिर्जनाका लागि मनोज रसाइलीले गोल फर्काएका थिए । खेलमा म्यान अफ द म्याच भने पराजित न्यु सिर्जनाका सुरज घलान घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर १२ गते बिहीबारको खेल आयोजक सन्जिवनी युवा क्लब र नव एकता युवा क्लब बीच हुने खेल संयोजक कमल परियारले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments