News पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कपः चुलाचुली सेमिफाइनलमा
गोलनेपाल

सुकचर । झापा दमकको चुलाचुली स्पोटिङ क्लब पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मोरङको सुकचरमा भएको पहिलो क्वाटरफाइनल खेलमा चुलाचुलीले उदयपुरको मलिथम फुटबल क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जितका लागि युबराज थापाले खेलको ५ औं मिनेटमा र आकाश राईले ५० औं मिनेटमा गोल गरेका थिए। मलिथमका लागि मिङ्सो लिम्बूले २८ औं मिनेटमा गोल फर्काएका थिए।

चुलाचुलीका युबराज थापा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे। 

कार्यक्रमको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले गरेका थिए।

Post Comments