News
सिरिजंगा गोल्डकप मंसिर २३ देखि
ताप्लेजुङ । जिल्लाको दोस्रो ठूलो खेलकुद प्रतियोगिता मानिने सिरिजंगा गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण आगामी मंसिर २३ गतेदेखि सुरु हुने भएको छ।
सदरमुकाम फुङलिङबाट करिब तीन घण्टाको दुरीमा पर्ने सिरिजंगा गाउँपालिका–५ तेल्लोकमा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता यसपालि पनि भव्य रूपमा सम्पन्न गर्न तयारी भइरहेको आयोजक तेल्लोक स्पोर्टिङ क्लबले जनाएको छ।
क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार प्रतियोगिता मंसिर २३ गतेदेखि सुरु भएर २९ गतेसम्म चल्नेछ। यसमा नेपाल र भारतका नामी क्लबहरूलाई निमन्त्रणाको प्रक्रिया भइरहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ८ टिमको सहभागिता रहने उनले जानकारी दिए।
सिरिजंगा गोल्डकपलाई जिल्लामा फुटबलप्रेमीहरूले ठूलो चासोका साथ हेरिन्छ। प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न मात्र नभई दुई देशबीचको खेलकुदीय सम्बन्ध मजबुत बनाउन पनि सहयोग पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई