News रुपन्देहीः माछापुच्छ्रे र जागृति प्रथम सिद्धार्थ एकेडेमी कपको फाइनलमा भिड्ने
सुरज राना मगर

पक्लिहवा । माछापुच्छ्रे फुटबल क्लब र जागृति युवा क्लब रुपन्देहीमा जारी प्रथम सिद्धार्थ एकेडेमी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सिद्धार्थनगर–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा जागृतिले आयोजक सिद्धार्थ फुटबल एकेडेमी (ए) लाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

त्यस्तै आइतबार नै भएको दोस्रो सेमिफाइनलमा माछापुच्छ्रेले लुम्बिनी खुकुरी फुटबल क्लबलाई समान २–१ को अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

अब असोज १४ गते मंगलबार हुने फाइनलमा माछापुच्छ्रे फुटबल क्लब र जागृति युवा क्लब उपाधिका लागि भिड्ने खेल संयोजक प्रिन्स गुरुङले जानकारी दिए ।

सिद्धार्थ फुटबल क्लब, सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।

Post Comments