तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, चपरहट्टीलाई कर्मथलो बनाएर खेलकुदसँगै विभिन्न सामाजिक गतिविधीहरुमा पनि सक्रिय सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टीको अध्यक्षमा पोष्ट बहादुर थापा चयन भएका छन् ।
क्लबको सातौं साधारणसभा तथा बैठकले पोष्ट बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष थापाले आफूले पाएको यो महत्वपूर्ण जिम्मेवारीलाई गम्भिरताका साथ लिंदै सबैलाई मिलाएर अगाडी बढ्ने बताए । साथै उनले आफ्नो यो कार्यकालमा सबैको साथ र सहयोगको अपेक्षा गरेको समेत बताए ।
त्यस्तै क्लबको उपाध्यक्ष तुल बहादुर गुरुङ छन् भने सचिवमा असिम खाँड रहेका छन् । कोषाध्यक्षमा भने मनोज थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा भुवन थापा, राजकुमार रास्कोटी, लक्ष्मण गुरुङ, मन बहादुर मल्ल (रबिन), उदय थापा, प्रवेश सारु र अस्मिता राना रहेका छन् ।
त्यसैगरी लेखासमितिको संयोजकमा नवराज न्यौपाने चयन भएका छन् भने सदस्यहरुमा उदय बहादुर खत्री र नरहरी पोख्रेल रहेका छन् ।