News तालतलैया सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सुकचर । तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी यहाँ जारी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

सोमबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा तालतलैयाले आयोजक नवयुवा क्लब, सुकचर, मोरङलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

तालतलैयाको जितमा सिजल राई, युकेश लामा र बिजय भुजेलले गोल गरे । उता पराजित नवयुवाका लागि भने सागर चौधरीले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा तालतलैयाका सिजल राई म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत असोज १४ गते मंगलबारको पहिलो सेमिफाइनल खेल चुलाचुली स्र्पोटिङ क्लब, दमक, झापा र पञ्चायन फुटबल क्लब, रामधुनी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज १८ गतेका दिन हुनेछ ।

Post Comments