News स्व. राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप शुरु, हनामी भरतपुरको विजयी शुरुवात
गोलनेपाल

ठोरी । श्री प्रतिभा युवा क्लब, ठोरी–४, बिजयवस्ती, पर्साको आयोजनामा सोमबारदेखि शुरु स्व. राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकपमा हनामी भरतपुर फुटबल क्लब, चितवनले विजयी शुरुवात गरेको छ ।

बिजयवस्ती खेलमैदानमा भएको उद्घाटन खेलमा भरतपुरले मिलन मिलन युथ जमात, झापालाई २–० ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । भरतपुरका लागि दुवै गोल राज भुषालले गरे । खेलमा भरतपुरका लागि निर्णायक बनेका राज भुषाल नै म्यान अफ दि म्याच समेत चुनिए ।

यो जितसँगै भरतपुर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । अब प्रतियोगिताका बाँकी खेलहरु दशैंपश्चात असोज १८ गतेदेखि सुचारु हुने आयोजकले जानकारी दियो । जसअन्तर्गत असोज १८ गते बिरंगज युनाइटेड, बिरगंज र श्री परिवर्तन हातेमालो युवा संगठन, चितवन बीच हुनेछ ।

आउँदो कार्तिक ४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ७५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments