News लालीगुराँस कपः फाइनलमा आयोजक एलजी र खस्यौली भिड्ने
गोलनेपाल

मटेरी । आ–आफ्नो सेमिफाइनल खेल जित्दै यहाँ जारी प्रथम लालीगुराँस कप यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा आयोजक एलजी एसोसिएशन, रामपुर र खस्यौली फुटबल क्लब, बुटवल भिड्ने भएका छन् ।

शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा आयोजक एलजी एसोसिएशनले वालिङ युनाइटेड एफसी, स्याङ्जालाई ३–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा एलजीका सुनिल थापा म्यान अफ दि म्याच बने ।

शुक्रबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा खस्यौलीले देवदह ब्वाईज, रुपन्देहीलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा खस्यौली २–० ले विजयी बन्यो । खेलमा खस्यौलीका गोलरक्षक नबिन मसराङी म्यान अफ दि म्याच बने ।

अब यही असोज २५ गते शनिबार हुने फाइनलमा आयोजक एलजी एसोसिएसनले उपाधिका लागि खस्यौली फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने खेल संयोजक आदेश रानाले जानकारी दिए ।

एलजी ९लालीगुराँस० एसोसिएशन, रामपुर, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

 

Post Comments