ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न प्रि क्वाटरफाइनल खेलमा पर्सागढि युथ क्लब बढ्हानिर र ठोरी युथ समाज ठोरी बिच रोमान्चक प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समय गोल रहित रोमान्चक बराबरीमा टुङ्गिएको खेल पेनाल्टीमार्फत नतिजा निकालिएको हो। पेनाल्टी सुट आउटमा दुवै टोलीबाट कुल पाँच/पाँच प्रहार हुदा पर्सागढिले तिन र ठोरी युथ समाजले एकमात्र गोल गरेपछि सहजै बिजेताको टुङ्गो लागेको थियो। समग्रमा पर्सागढिले ठोरी युथ समाजलाई एकका विरुद्ध तीन गोलले हराएको हो।
उक्त खेलको म्यान अफ दी म्याच पर्सागढिका गोल किपर रोहन घिसिङ बन्दै नगद रु. दुई हजार पाँच सय सहित ट्रफि, मेडल प्राप्त गरे । उनले एक पेनाल्टी रोक्नुका साथै निर्धारित समयमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
सनिबार अन्तिम प्रि-क्वाटरफाइनल खेल डिफेन्डिङ च्याम्पियन बिरगंज युनाईटेड बिरगंज र श्री परिवर्तन हातेमालो युवा संगठन चितवनबिच दिनको ठिक तिन बजे सुरु हुनेछ।