News
पाँचौं मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखि
ताप्लेजुङ । पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लब, मेरिङदेन–३ खाम्लुङ ताप्लेजुङको आयोजनामा अन्तर जिल्ला स्तरीय आमन्त्रित पाँचौं मेरिङदेन कप पुरुष फुटबल प्रतियोगिता–२०८२ कार्तिक ७ गते देखि १२ गते सम्म सन्चालन हुने भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, विकास, शिक्षा र अनुशासन युवाहरूको अभियान” भन्ने नाराका साथ हुन गइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका टिमहरूको सहभागिता रहने आयोजक क्लबले जनाएको छ।
प्रतियोगितामा पहिलो हुने टिमले रु. १,५१,१८२/- र दोस्रो हुने टिमले रु. ८१,१८२/- पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, गोलकिपर, फर्वार्ड, मिडफिल्डर र डिफेन्डरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता ७-ए-साइड (7A Side) मैदानमा खेलाइने समेत आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई